एजेन्सी, रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासहित तीन देशका अधिकारीहरूबीच साउदी अरेबियामा वार्ता हुने भएको छ।
वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की सहभागी हुने भएका हुन्।
तर उनीहरूको वार्ताको मिति भने तय भएको छैन। तर, अमेरिका र रुसका अधिकारीहरू केही दिनभित्र साउदी अरेबियामा भेट्दैछन्।करिब तीन वर्षदेखि जारी रुस-युक्रेन युद्ध अन्त्यका लागि वार्ताको वातावरण बनाउन उनीहरू साउदीमा भेट्न लागेको बताइएको छ।