विश्वको पहिलो मिथेनोलबाट चल्ने पानीजहाज सञ्चालन

HTV Khabar ३० भाद्र २०८०, शनिबार १०:०७ मा प्रकाशित
काठमाडौं, विश्वको पहिलो मिथेनोलबाट चल्ने कन्टेनर पानीजहाज सञ्चालनमा आएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोनदार लेयनले कोपेनहेगनमा सो जहाजको शुभारम्भ गर्दै उक्त जहाजको नाम ‘लौरा मार्स्क ’ राखेकी छन्।

उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्यहरु सफल बनाउन सञ्चालक कम्पनीलाई आग्रह पनि गरिन्। उनले चालक दलका सदस्यहरुमा यसले खुशियाली ल्याउने विश्वास व्यक्त गर्दै यात्रा गर्ने सबैका लागि सुरक्षित आश्रय हुने बताइन्।

जहाज डेनमार्कको स्वामित्वमा रहेको सिपिङ कन्सोर्टियम एपी मोलर–मास्र्क को फ्लिटसँग सम्बन्धित छ। यो जहाजले ६५ प्रतिशत प्रदुषण उत्सर्जन कम गर्ने बताइएको छ। मार्स्क कम्पनीले थप २० मिथानोल सञ्चालित जहाजको योजना घोषणा गरेको छ। यी जहाज २०२६ देखि २०२७ सम्म निर्माण भइसकेर सञ्चालनमा आउनेछन्।