काठमाडौं, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ।
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुन: उडान सुरु गरेको हो।
आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानले कुवेतबाट १७१ जना यात्रु ल्याएको थियो।
फर्किंदा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट १६८ जना लिएर उडेको छ।मकालुले पनि उडान सुरु गरेसँगै नेपाल एयरलाइन्ससँग भएका सबै चारवटै विमान सञ्चालनमा आएका छन्।