पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर

HTV Khabar ८ माघ २०८०, सोमबार ११:३४ मा प्रकाशित

काठमाडौं, पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ। गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।


उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आईतवार भरत मरासिनीको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो। आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ।


पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर नियुक्ति खारेज गरिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिएका छन्।