काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं टि कपनले जेष्ठ नागरिकलाई खाना खुवाएर पूर्व अध्यक्ष ठाकुर प्रसाद खकुरेलको ६८औं जन्मोत्सव मनाएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' का गभर्नर भिमलाल पौड्यालको प्रमुख आतिथ्यतामा तथा क्लबका अध्यक्ष विनोद थापाको सभापतित्वमा आयोजित कार्यक्रममा केक काटेर कार्यक्रम उद्घाटन गरिएको थियो।
कार्यक्रममा क्लबका डाईरेक्टर तथा बूढानीलकण्ठ नगरपालिका वडा नं.११ का अध्यक्ष राजु अधिकारी, डिष्ट्रिक्ट चिफ काउन्सिलर तारा प्रसाद त्रिपाठी, क्लबका फर्स्ट भिपी डिल्ली प्रसाद रिजाल, क्लबका पूर्व अध्यक्ष संगीता पन्त, समृद्धि पन्त, समाजसेवी कुमार ओझा, तुलसी पनेरुलगायत खकुरेल परिवार र जेष्ठ नागरिक दिव्य सेवा निकेतनकि संरक्षक महात्मा प्रविन दिदिको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ काठमाडौं टि कपनका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ सबिन पन्त 'पृथक' ले सञ्चालन गरेको कार्यक्रममा उपस्थित प्रमुख अतिथिलगायत सबैले ठाकुर प्रसाद खकुरेलको सुस्वास्थ्य र दिर्घायूको कामना गर्दै शुभकामना दिएका थिए। औपचारिक कार्यक्रम समापन पश्चात् सेवा निकेतनमा आश्रय लिईरहेका जेष्ठ नागरिकहरुलाई खकुरेलले आफ्नै हातले खाना वितरण गरेका थिए।
उक्त अवसरमा गभर्नर भिमलाल पौड्यालले समाजसेवी कुमार प्रसाद ओझा र तुलसी पनेरुलाई लायन्स क्लबमा स्वागत गर्दै पिन लगाएर लायन्स क्लब अफ काठमाडौं टि कपनको सदस्य बनाएका थिए। नव प्रवेशी सदस्य द्वय खुशी भएका थिए। जन्मोत्सवको अवसरमा गभर्नर पौड्यालले क्लबका पूर्व अध्यक्ष खकुरेललाई शुभकामना दिदै लायन्स क्लबको सर्भिस ज्याकेट उपहार दिएका थिए।
जन्मोत्सवको अवसरमा जेष्ठ नागरिकलाई खाना खुवाउने कार्यक्रमको संयोजन गर्दै सम्पूर्ण व्यवस्थापन लायन्स क्लब अफ काठमाडौं टि कपन को पूर्व अध्यक्ष तथा एफडब्लुसी कोर्डिनेटर संगीता पन्तले गरेकी थिइन्।
