दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

HTV Khabar ३२ असार २०८३, शुक्रबार ०३:०५ मा प्रकाशित

काठमाडौं, जिल्ला अदालत काठमाडौंले व्यवसायीहरु दिपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो। तर सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा विशेष अदालतको आदेशले उनीहरु थुनामै छन्।

जिल्ला अदालतले बीमा ऐन अन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको हो भने दिपक भट्टसँग एक करोड ५० लाख धरौटी माग गरेको छ।धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको अर्को मुद्दामा जिल्ला अदालतले अग्रवालसँग दुई करोड ३० लाख रुपैंया धरौटी माग गरेको छ।

विशेष अदालतले धितोपत्र सम्बन्धी तेस्रो मुद्दामा अग्रवालसँग एक करोड ५० लाख र दिपक भट्टसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो। उनीहरु दुवैजनालाई सम्पत्ति शुद्धिकरणको आरोपमा विशेष अदालतले थुनामा पठाएको छ।

अर्को मुद्दामा थुनामा पठाएकाले बीमा र धितोपत्र सम्बन्धी मुद्दामा धरौटी बुझाएपनि उनीहरु थुनामुक्त हुन पाउँदैनन्।