तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ

HTV Khabar १४ फाल्गुन २०८०, सोमबार ०८:३३ मा प्रकाशित

रौतहट, रौतहटको एक निजी अस्पतालबाट तीनजना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन्। जिल्लाको यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा.लिमा कार्यरत तीन जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन्।


पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गापा वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेका छन्।


निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगायतका अपरेसन हुँदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहट प्रहरीले जनाएको छ। उनीहरुमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।