गाँजासहित युवक पक्राउ

HTV Khabar २७ मंगशिर २०८०, बुधवार ०८:०१ मा प्रकाशित
पर्सा, प्रहरीले मंगलबार वीरगन्जबाट लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज-१६ नगवा फूलबारी टोलका २३ वर्षीय शेख सद्दाम छन्।


सद्दामले घरबाटै लागूऔषध बिक्री गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो पर्साको संयुक्त टोलीले उनको घरमा छापामारी ६ किलो ५ सय ग्राम गाँजा र २ थान तराजुसहित पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए।