काठमाडौं, पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन्। महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए। अभियानको मंगलवार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो।
नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुंगिएको छैन। पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए। बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ। महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरु छन्। सुमन समामी, बुद्धराज स्याङ्तान लगायतका नेताहरु पनि छन्।