जापान एयरलाइन्सको विमानमा आगलागी

HTV Khabar १७ पौष २०८०, मङ्गलबार ०४:२१ मा प्रकाशित
काठमाडौं, टोकियोको हानेदा विमानस्थलमा रहेको जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ। स्थानीय समयानुसार मंगलवार साँझ धावनमार्गमा आगलागी भएको हो।

जापानको सरकारी प्रसारक एनएचकेले जारी गरेको फुटेजमा विमानको झ्यालबाट धुवाँ निस्किरहेको देखिन्छ।अधिकारीहरूलाई उद्धृत गर्दै एनएचकेले दुई रनवेमा दुईवटा विमान आपसमा ठोक्किँदा आगो लागेको हुन सक्ने जनाएको छ। विमानमा यात्रु पनि थिए।


केही मिडिया रिपोर्टले विमानको ठक्करको फुटेज देखाएको छ। यसमा रनवेमा उभिएको विमानसँग ठोक्किएपछि अर्को विमान अगाडि बढ्छ। यसै क्रममा दुवै विमानमा ठूलो आगो लागेको छ।