दीपक थापा प्रहरी महानिरीक्षक नियुक्त भएसंगै प्रहरीमा सुशासन कायम हुने आशा जगायो

सबिन पन्त 'पृथक' ५ चैत्र २०८१, बुधवार ०७:३६ मा प्रकाशित

काठमाडौं,  प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा प्रहरी महानिरीक्षक नियुक्त भएपछि प्रहरीमा सुशासन कायम हुने आशा जगाएको छ। 

थापा महानिरीक्षक बने संगै उनकै उपस्थितिमा मङ्गलवार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पोलिसि कोओर्डिनेशन कमिटी (पिसिसि) बैठक बस्यो। उक्त बैठकमा प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णयपनि गरियो। उक्त निर्णय आएसंगै प्रहरीमा खुशीको सञ्चार भएको छ। 

नेपाल प्रहरी कल्याण कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्धि गर्न र प्रहरीलाई उपलब्ध गराउँदै आएको ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० को समयानुकूल संशोधन तथा परिमार्जन गर्नको लागिपनि बैठकले सिफारिस समिति गठन गर्न निर्देशन दिएको छ। 

बैठकमा प्राप्त भएको राय सुझाव समेतलाई समावेश गरी प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै हकहित र कल्याण अभिवृद्धि हुने गरी नेपाल प्रहरी कल्याण कोषद्वारा सञ्चालित विशेष कल्याणकारी कोष अन्तर्गत सहुलियत कर्जा कार्यक्रमलाई समय सापेक्ष वृद्धि गर्दै लैजानका लागि कर्जा प्राप्त गर्न सेवा अवधि कम्तीमा ७ वर्ष हुनुपर्ने व्यवस्थालाई ५ वर्ष, सहुलियत कर्जा ४ लाख रुपैयाँलाई वृद्धि गरि ५ लाख रुपैयाँ पुर्‍याउने र किस्ता अवधि ५ वर्षलाई संशोधन गरि सातवर्ष कायम गरी सो अनुसारको मासिक किस्ता रकम र किस्ता सङ्ख्या निर्धारण गरी प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० को संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको छ।


दीपक थापा नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा नियुक्त भएपछि प्रहरीहरुमा मात्र हौसला मिलेको छैन कि आम नागरिकमापनि त्यतिकै खुशी छाएको छ। अबभने साच्चिकै "प्रहरी मेरो साथी" भन्ने नाराले न्याय पाउनेछ भन्ने लागेको छ। अब चाहिँ नेपाली नागरिकहरुले समाजमा अमनचैनको महसुस गर्न पाउनेछन् भन्ने लागेको छ।




हुन त हरेक प्रहरी महानिरीक्षक नियुक्त भएपछि शुरुमा आशातित व्यवहार देखाउने गर्छन् पछिभने "हात्ती आयो हात्ती आयो फुस्सा" हुनेगरेको छ। तर थापा भने धेरै नेपालीको आशाको केन्द्रमा पर्छन् त्यसैले आफूप्रतिको नेपाली नागरिकहरुको विश्वास र भरोसालाई उनले डगमगाउन दिने छैनन् भन्ने लागेको छ।

प्रहरी महानिरीक्षकलाई सुझाव -
नेपालीहरुको मनमा भएको आफ्नो उच्चस्थानलाई स्खलित हुन नदिनु।