निगमका तीनवटा जहाज ‘ग्राउन्डेड’, एकैदिन गुम्यो एक करोड रुपैयाँ !

HTV Khabar १३ भाद्र २०८१, बिहीबार ०६:१६ मा प्रकाशित

काठमाडौं,  नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ग्राउन्डेड छन्। जस कारण दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका हुन्।

निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाडौं, हङकङ, दोहा र दुबईमा झन्डै आठ सय जना यात्रु प्रभावित भएका छन्। निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडान रद्द हुँदा यात्रु प्रभावित बन्न पुगेका हुन्।

उडान रद्द हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुको व्यवस्थापन र टिकटमा हिजोको उडानबाट मात्रै निगमले एक करोड रुपैयाँ गुमेको निगमले जनाएको छ। चाडपर्वकै बेलामा निगमका जहाज ग्राउन्डेड हुँदा टिकट नपाउने तथा हवाई भाडामा मनपरी हुने जोखिमसमेत बढेको छ।