नख्खु कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ

HTV Khabar २८ भाद्र २०८२, आइतबार ०७:५४ मा प्रकाशित

काठमाडौं,  धनुषा प्रहरीले जेलबाट फरार चार जना विदेशी कैदीबन्दीलाई पक्राउ गरेको छ। चारजना नाइजेरियन र १ जना ब्राजिलका गरी चार विदेशी कैदीबन्दी नेपाल-भारत सीमा क्षेत्र दशगजाबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा नाइजेरिय नगरिकहरु ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे र ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए। यस्तै ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेका छन्। जेनजीको आन्दोलन चर्केपछि २४ भदौमा उनीहरू नख्खु कारागारबाट भागेको खुलेको छ।

प्रहरी स्रोतका नुसार उनीहरू लागुऔषध र भिसा टेड समाप्त भएको अभियोगमा जेलमा थिए। उनीहरूलाई भारत बिहारको बासोपट्टी क्षेत्रबाट पक्राउ गरेर धनुषा प्रहरीले ल्याएको प्रहरी स्रोतले बताएको छ।