नृत्य निर्देशकहरुको नेपालकै पहिलो ऐतिहासिक अवार्ड

सबिन पन्त 'पृथक' २८ अशोज २०८०, आइतबार ०१:२६ मा प्रकाशित
नेपालमै पहिलो पटक ऐतिहासिक एनडिए डान्स डाइरेक्टर अवार्ड - २०८० को मनोनयन कार्यक्रम सम्पन्न भएको छ।नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लि. को आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो। 
काठमाडौंको चावहिलस्थित ए वान पार्टी प्यालेसमा आयोजना गरिएको मनोनयन कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राईले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गरेका थिए भने एनडिए डान्स स्टुडियोका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
संस्थाका निर्देशक छिरिङ लामाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुको सम्झनामा उनिहरुको आत्मा शान्तिको लागि मौन प्रार्थना गरिएको थियो। अतिथिहरुलाई संस्थाका सचिव प्रकाश शर्माले खादाद्वारा सम्मान गरेका थिए। कार्यक्रममा विशेष अतिथी वरिष्ठ चलचित्र निर्देशक कमल राईले  कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अवार्डको उत्कृष्ट मनोनयनमा पर्न सफल सम्पूर्ण नोमिनिजहरुलाई शुभकामना एंव बधाई ज्ञापन गरेका थिए।
कार्यक्रमका सभापति एंव अध्यक्ष देवराज गुरुङले पहिलोपटक निर्देशकहरुलाई प्रोत्साहन र हौसला प्रदान गर्नको निम्ती नेपालमै पहिलोपटक डान्स डाइरेक्टरको अवार्ड कार्यकम आयोजना गरिएको बताए। उनले भने -‘नृत्य निर्देशकहरुलाई  पहिलोपटक प्रोत्साहन गर्नको निम्ति हामीले अवार्ड कार्यक्रम आयोजना गरेका हौँ।’ अध्यक्ष गुरुङले अवार्डको फाइनल कार्यक्रमको मिती तय भइनसकेको र चाँडै नै आफ्नो अधिकारीक वेवसाइट, सामाजिक सञ्जालमार्फत जानकारी गराइने जनाए।
संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे। उनले पर्दा पछाडी रहदैं आएका तर मुख्य भूमिका निर्वाह गर्दै आएका नृत्य निर्देशकहरुलाई आफ्नो कामको मुल्यांकन र हौसला प्रदान गर्न अवार्ड आयोजना गरिएको बताए।
अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका छन् भने फाइनलका चरणका लागि जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र के.सी. र प्रदिप रमण सिं डङ्गोल रहेका छन्। कार्यक्रम संस्थाका आर्थिक संयोजक चुडामणी फुयालले सञ्चालन गरेका थिए। कार्यक्रममा पत्रकार, कलाकार, समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो।
धिमाल नृत्य निर्देशकको विधामा नरेश घले र हिरा तामाङ, मारुनी नृत्य निर्देशक विधामा ममता राई र आसिश रुम्बा, राई जातीको नृत्य निर्देशक बिधामा रितु खड्का, प्रबिन भुजेल, कृष्ण राना र नबिना केसी, सुनिता महर्जन, तामाङ जातीको नृत्य निर्देशक विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल, नेवारी नृत्य निर्देशक विधामा दिपक बज्राचार्य, रबिन्सन श्रेष्ठ, बबिता गोपाली “तिमिला” र प्रबिन भुजेल, सुनिता महर्जन, थारु नृत्य निर्देशक विधामा नारायणी थापा मगर, अष्टमान तामाङ, दिल बहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल, तीज नृत्य निर्देशक विधामा कृष्ण राना, सीता माया श्रेष्ठ र नारायणी थापा मगर, कौडा नृत्य निर्देशक विधामा टेक छिरिङ लामा, शंकर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली, शेब्रु नृत्य निर्देशक विधामा निर्जला राई, शंकर बिश्वकर्मा र सुनिल गिरि, थकाली नृत्य निर्देशक विधामा सोनु लामा र सुरज तामाङ, झिझिया नृत्य निर्देशक विधामा कृष लिम्बू र नारायणी थापा मगर, हुड्केली नृत्य निर्देशक विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू, मेचे नृत्य निर्देशक विधामा लोकचन्द्र श्रेष्ठ (एल.सी) र अनिल भुजेल, सर्वोत्कृष्ट नृत्य निर्देशक विधामा दिवस गिरी, जङ्गली बादशाह नृत्य विधामा कृष्ण बहादुर भट्ट, असारे बेठी नृत्य युबराज गुरुङ- झ्याउरे नृत्य समीर संखदेव प्रजापती, मयुर नृत्य, मनाङ गुरुङ- घाटु मा मनोनयनमा परेका छन्।