भोलि बूढानीलकण्ठ -९ कार्यालय भवन उद्घाटनको निमन्त्रणा !

सबिन पन्त 'पृथक' १३ फाल्गुन २०८१, मङ्गलबार ०४:५६ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं ९ को निर्माण सम्पन्न भएको प्रशासनिक कार्यालय भवन भोलि फागुन १४ गते बुधवार महाशिवरात्री पर्वको अवसर पारेर समुद्घाटन गरिन लागिएको छ। 

नगरपालिका वडा नं. ९ मा बनेको उक्त भव्य भवनको समुद्घाटन नगरप्रमुख मिठाराम अधिकारीबाट हुने वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले एचटिभी खबरलाई  बताएकी छन्।

भोलि १४ गते बिहान ८:०० बजे हुने समुद्घाटन कार्यक्रममा उपस्थिति  हुन सम्पूर्ण बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ तथा  नगरवासी सबैलाई वडा कार्यालयले हार्दिक निमन्त्रणा गरेको छ।