काठमाडौं, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी भएका छन्।
सोमवारदेखि संयुक्त अधिराज्यको स्कटल्याण्डको ग्लासगोमा सञ्चालन भएको इन्टरपोलको ९२ औं महासभामा नेपालबाट आईजीपी कुँवर सहभागी भएका हुन्।
महासभा २२ गतेसम्म चल्नेछ। यो महासभा विश्वभरका कानून प्रवर्तन एजेन्सीहरूलाई अन्तर्राष्ट्रिय अपराध नियन्त्रण, सहयोग, र सुरक्षा प्रविधिमा आदानप्रदान गर्ने महत्वपूर्ण मञ्च हो।
आईजीपी कुँवरसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहसमेत महासभामा सहभागी छन्।