इङ्ल्याण्ड लगातार दोश्रो पटक फाइनलमा

HTV Khabar २८ असार २०८१, बिहीबार ०६:५८ मा प्रकाशित

काठमाडौं, निर्धारित समयको अन्तिम मिनेटमा सप्सिच्युटमा आएका खेलाडीले गोल गरेपछि नेदरल्यान्डलाई पराजित गर्दै इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। इङलिस टोलीले लगातार दोश्रो पटक फाइनल पुग्ने इतिहास समेत बनाएको छ।

खेलमा अग्रता भने सातौं मिनेटमानै डच टोलिले लिएको थियो । उस्को लागि जाभी सिम्सोनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गरेपछि १८ औं मिनेटमा खेल बराबरीमा आएको थियो। पहिलो हाफ १(१ को बराबरिमा टुङ्गिएको खेलमा दोश्रो हाफ पनि करिव बराबरको अवस्था निर्माण हुँदै थियो।

तर ८१ औं मिनेटमा मैदान पसेका वाटकिन्सले उत्कृष्ट गोल गर्दै इङ्ल्याण्डलाई जित दिलाए। इङ्ल्याण्डले अब उपाधिका लागि स्पेनविरुद्ध खेल्नेछ।