काठमाडौं, गोकर्णेश्वर नगरपालिकामा अवस्थित टाइमलाइन स्कुलद्वारा स्व. गणेशप्रसाद रिजालको चौँथो स्मृति दिवसमा आयोजित गायन प्रतियोगिता २०८१ मा रिलायन्स इन्टरनेसनल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ।
गायन प्रतियोगितामा सहभागी भएका विभिन्न ३० विद्यालयहरु मध्ये प्रथम हासिल गरी ८ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र सहित सम्मान प्राप्त गर्न सफल भएको हो।
गायन प्रतियोगितामा भाग लिने विद्यार्थीलाई संगीत शिक्षक सुवास चन्द्र जोशीले अभ्यास गराएका थिए।