प्रधानमन्त्री जाने दिनमा राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ? - शेखर कोइराला

HTV Khabar २६ जेठ २०८१, शनिबार १०:०६ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन्।

शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले यस्तो प्रश्न गरेका हुन्।

त्यस्तै दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनले उल्लेख गरेका छन्। उनले भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति पनि प्रश्न गरे।

‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ?’ 

केहि दिअघि मन्त्रिपरिषद्‌ बैठकले भारतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो।