लायन्स क्लब हेरिटेजले बालबालिकालाई खुवायो खाना

सबिन पन्त 'पृथक' ३ भाद्र २०८१, आइतबार ०८:०५ मा प्रकाशित

काठमाडौं, लायन्स क्लब अफ काठमाडौं हेरिटेजले बानेश्वर स्थित नेपाल बाल सेवा फाउण्डेसन मा रहेका करिब ४५ जना बालबालिकाहरुलाई खाना खुवाएको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एम नेपालका वर्ष २०२४/२५ का गभर्नर चण्डीप्रसाद अर्यालले ल्याएको "टुगेदर वी क्यान" लाई सार्थक बनाउँदै हङ्गर रिलिफ कार्यक्रम अन्तर्गत सेकेन्ड भिडिजी लायन रत्नप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा क्लबले एक कार्यक्रम आयोजना गरि फाउण्डेसनमा आश्रय लिईरहेका ४५ जना बालबालिकालाई खाना खुवाउने कार्यक्रम आयोजना गरेको हो। 

लायन्स क्लब अफ काठमाण्डौं हेरीटेजका अध्यक्ष लायन हेम बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा जोन ३४ का चेयरपर्सन कृष्ण कमल खत्री विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए भने क्लबका पदाधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो।