काठमाण्डौ-४ को महाधिवेसन प्रतिनिधिमा संस्थापन पक्षबाट केदारराज पुडासैनी

HTV Khabar १३ मंगशिर २०८२, शनिबार १०:४३ मा प्रकाशित

काठमाडौं, आज हुनलागेको नेकपा एमालेको ११औं  महाधिवेसनको लागि काठमाण्डौ क्षेत्र नं ४ बाट महाधिवेसनमा प्रतिनिधिमा केदारराज पुडासैनीले उम्मेद्वारी दिएका छन्।  उम्मेद्वारी दर्ता गराएका पुडासैनी हाल बागमती प्रदेस लेखा समिती सदस्य समेत रहेका छन्।

पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओलीको खुल्ला रुपमा प्रसंसा गर्दै संचार माध्यममा निकै चर्चा कमाएका पुडासैनी नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.राजन भट्टराई निकट नेता हुन् जसले त्रिभुवन विश्वविद्यालयमा अध्यापनरत रहँदा रहदै पनि गत चुनावमा डा.भट्टराईको चुनावी कमान्डर बनेर पेशागत जोखिम समेत मोलेका थिए।

काठमाण्डौ क्षेत्र नं ४ मा केहि नेताहरुले मान्छे बटुलेर गुन्डु लैजादै संस्थापन पक्ष निकट भएको सन्देस दिन खोजे पनि हाल विद्यावारिधि (PHD) को सोध गरिरहेका पुडासैनीलाई केपी ओली पक्षले अगाडी सार्ने  संकेत दिएको चर्चाले अहिले क्षेत्रको राजनीति निकै तरंगित बनेको छ।

मङ्सिर ११ गते भएको महाधिवेसन प्रतिनिधिका उम्मेद्वारहरुको छलफलमा आफुलाई संस्थापनको उम्मेद्वार दावी गर्ने एक नेताले काठे र पाखे भन्ने निक्रिस्ट किसिमको मुद्दालाई अगाडी सारे संगै पार्टी जीवनमा निस्वार्थ सक्रिय रहेका पुडासैनीलाई अगाडी सार्ने डा.राजन भट्टराईको  आन्तरिक तयारी रहेको श्रोतले बताएको छ।

२०७९ को निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचन परिचालन कमिटीका सह संयोजक रहेका पुडासैनीले नेकपा एमालेको महाधिवेसनमा प्रतिनिधि बन्नका लागि आन्तरिक तयारी र परामर्शलाई तीव्रता दिएका हुन्।