क्याप्टेन विजय लामा र सोनी राणा कारबाहीमा

HTV Khabar १२ मंगशिर २०८२, शुक्रबार ०४:५८ मा प्रकाशित

काठमाडौं,  नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई कारबाही गरेको छ।

प्राधिकरणले शुक्रवार निगमलाई लिखित पत्राचार गर्दै वाइडबडी जहाजका क्याप्टेन विजय लामा र क्याप्टेन सोनी राणालाई उडानमा रोक लगाउन निर्देशन दिएको हो।

जहाज उडानमा रहेको अवस्थामै फोटो तथा भिडियो खिचेको पाइएको भन्दै दुवै जनालाई अर्को सूचना नआएसम्मलाई रोस्टर-अफ गरिएको प्राधिकरणले जनाएको छ।सामाजिक सञ्जालमा सक्रिय रहेका क्याप्टेन लामा यसअघि पनि कारबाहीमा परेका थिए।