काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको मीट द ग्रीट कार्यक्रम सम्पन्न भएको छ।
एलसीआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यता तथा लायन्स क्लब अफ काठमाडौं देउरालीकि अध्यक्ष सन्जिता बास्कोटाको अध्यक्षतामा काठमाडौंको बसुन्धरास्थित दियालो फूडल्याण्डमा आयोजित कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा यहि चैत २४ गते शनिवार पोखरामा आयोजना हुनलागेको दोस्रो डिष्ट्रिक्ट कन्भेन्सनमा गभर्नरका उम्मेद्वार चण्डीप्रसाद अर्याल, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उमेद्वार धनिराम बराल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार रत्न पराजुलीको संयुक्त रूपमा परिचय गराईएको थियो।
डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालको समुपस्थितिमा सम्पन्न कार्यक्रममा आईपिडिजी महेन्द्र पौडेल, डिष्ट्रिक्ट सिनियर लिडरहरु, विभिन्न क्लबका पदाधिकारीहरु लगायत लायन्स सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।
उक्त विशिष्ट कार्यक्रममा बोल्दै प्रमुख अतिथि एलसीआईएफ एरिया लिडर राजन लम्सालले लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालको सम्पूर्ण नेतृत्वमा एकता रहेको र त्यही एकताको कारण नै डिष्ट्रिक्ट उत्कृष्ट बन्न सफल भएको बताउँदै लायन वर्ष २०२४/२५ का डिजि टिमलाई शुभकामना दिएका थिए।
डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले आगामी डिष्ट्रिक्ट कन्भेन्सनका उमेद्वारहरुलाई १००% स्वीकृत मत प्रदान गर्न सबैलाई अनुरोध गरे।
