काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं १० ले भोलि कार्तिक २५ शनिवार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागेको छ।
तिहारलगायत आउँदै गरेका विभिन्न पर्वहरुको अवसरमा वडा नं.-१० ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्न लागेको वडाध्यक्ष नवराज भट्टराईले एचटिभी खबरलाई बताएका छन्। कार्यक्रममा सम्पूर्ण वडावासी सरोकारवालाहरुलाई आमन्त्रण गरि सूचना प्रकाशित गरिएको र पत्र प्राप्त हुन नसकेमा यसै खबरलाई आधार मानी कार्यक्रममा सहभागी भएर एकआपसमा आत्मियता साटासाट गर्दै शुभकामना आदानप्रदान गरि चियापान गर्नुहुन भट्टराईले अनुरोध समेत गरेका छन्।
कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १० रुद्रमती कोरिडोरमा रहेको कार्की इभेन्ट्समा बिहान ७:०० बजे शुरु हुने अध्यक्ष भट्टराईले जानकारी दिए।