नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

HTV Khabar २२ मंगशिर २०८०, शुक्रबार १०:५३ मा प्रकाशित
काठमाडौं, नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुलेको छ। प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान भएको हो।


प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ। यसैगरी मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ।


समाचार सम्पादक/बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ। दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ। दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि दरखास्त फारम बुझाउन सकिन्छ। दरखास्त फारम अनलाइनमार्फत भरेर, त्यसलाई प्रिन्ट गरेर १० रुपैयाँको टिकट टाँसेर बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।


दरखास्त बुझाउँदा सबै पदका लागि नेपाल बैंक लिमिटेडको राजश्व शीर्षकमा एक हजार रुपैयाँ जम्मा गरेको सक्कल र एक थान प्रतिलिपि भौचर पनि बुझाउनु पर्ने छ।

एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि २० प्रतिशतको दरले थप दस्तुर लाग्ने नेपाली सेनाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।