काठमाडौं, मंगलवार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। सोमवारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो।
हिजो २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २१ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै आज चाँदीको भाउ २६८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।