प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच सम्झौता, बैंकका कर्मचारी तथा ग्राहकलाई विशेष छुट

HTV Khabar ३० श्रावण २०८२, शुक्रबार ०५:०५ मा प्रकाशित

काठमाडौं, प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

बैंकका कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो। सम्झौता पत्रमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक लिमिटेड तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत (एन.बि.सि.ओ) राजु राना मगरले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवाहरुमा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको छ ।प्रभु बैंक लिमिटेड तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।