मलेसियामा चक्कु प्रहार गरी एक नेपालीको हत्या!

HTV Khabar १८ भाद्र २०८१, मङ्गलबार ११:४१ मा प्रकाशित

काठमाडौं, मलेसियामा एक नेपालीको हत्या भएको छ ।सिराहाका घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो।

उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका आरोप लागेको छ। रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए।साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।