काठमाडौं, काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको छ। ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो।
उक्त घरबाट ४ करोड नगद र सुन बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।