उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट बने एसएसपी ज्ञवाली

HTV Khabar २२ अशोज २०८१, मङ्गलबार ११:४४ मा प्रकाशित

काठमाडौं,  आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन्।

राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन्। उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे।

सो तालिम गत भदौ १६ देखि २१ असोजसम्म भएको थियो। सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ज्ञवालीले सेवा प्रवेशकालको आधारभूत तालिम होस् वा पेशागत रुपमा प्रदान गरिने उन्नत सबै तालिममा उत्कृष्ट स्थान हासिल गर्न सफल भए।