रोमानिया पठाइदिन्छु भन्दै साढे २१ लाख ठगी गर्ने बुढाथोकी पक्राउ

HTV Khabar २० पौष २०८०, बिहीबार ०८:१२ मा प्रकाशित
काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रोमानिया पठाइदिन्छु ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका -२ घर भई काठमाडौं महानगरपालिका -२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी रहेका छन्।


बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइ फूड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।


उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका-२५ असनबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।