काठमाडौं, बलात्कार अभियोगमा चिकित्सक पुजन ज्ञवाली पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बलात्कार मुद्दामा पक्राउ गरी मुद्दा दायर गरेको हो।
सहकर्मी चिकित्सक महिलालाई नै बारम्बार बलात्कार गरेको अभियोग उनीमाथि छ।मेडिकेट अस्पताल, बुटवलमा कार्यरत ज्ञवालीमाथि पूर्वप्रेमिकालाई बलात्कार र यौन शोषण गरेको अभियोग छ।
ज्ञवालीले गत २ फागुनमा विहे गरेका ज्ञवाली ११ फागुनमा पक्राउ परेका हुन्। बुटवलस्थित प्रादेशिक अस्पतालमा कार्यरत रहँदा सहकर्मी चिकित्सकसँग उनी प्रेममा परेका थिए। तर, ती चिकित्सकलाई वेवास्था गरी अर्की युवतीसँग बिहे गरेका थिए।
एमडीको प्रवेश परीक्षाका लागि काठमाडौं आएका बेला काठमाडौं १६ बोहोराटारस्थित डेरामा बलात्कार गरेको अभियोगमा ज्ञवाली पक्राउ परेका हुन्।
यद्यपी उनले बयानमा बलात्कार अभियोग अस्वीकार गरेका छन्। बिहेका लागि पटक–पटक दबाब दिएको र नमानेपछि उनले बलात्कार मुद्दामा उजुरी दिएको ज्ञवालीको दाबी छ। पीडित र पीडक दुवै जनाले बंगलादेशबाट एमबीबीएस गरेका हुन्।