काठमाडौं, जिल्ला प्रहरी परिसर काठमाडौंको अपरेशन कमाण्डरमा एसपी पवन भट्टराईलाई ल्याइएको छ।
गत वैशाखमा मात्रै जिल्ला प्रहरी कार्यालय पाल्पाको कमाण्ड सम्हालेका एसपी भट्टराईलाई काठमाडौं झिकाएर परिसरको अपरेशन कमाण्डर बनाइएको हो। पाल्पामा भने अर्का एसपी दीपेन्द्र पञ्जियार थारुलाई पठाइएको छ।
जेनजी आन्दोलनमा उपत्यकाका प्रहरी कार्यालयहरू तहस नहस भएपछि आठ वटा सेक्टर बनाएर सुदृढिकरणको काम सुरु गरिएको छ। यी सेक्टरहरूमा एसपीले नेतृत्व गर्ने प्रहरी प्रधान कार्यालयले बताएको छ।
एसपी दीपक श्रेष्ठलाई कालिमाटी, कीर्तिपुर र थानकोट सेक्टरको जिम्मेवारी दिइएको छ। रुगम कुँवरलाई बानेश्वर र सिंहदरबार सेक्टरको जिम्मेवारी दिइएको छ। एसपी कवित कटुवाललाई सातदोबाटो, रामेश्वर पौडेललाई दरबारमार्ग, जनसेवा र सोह्रखुट्टे सेक्टरको जिम्मेवारी दिइएको छ।
बालाजु, स्वयंभू सेक्टरको जिम्मेवारी डीबी मल्ललाई, गौशाला, बौद्धको जिम्मा एसपी केशव भट्टराईलाई दिइएको छ। महाराजगञ्ज र मालिगाउँ सेक्टरको जिम्मा एसपी बालनरसिंह राणालाई दिइएको छ। उनीहरूले आफ्नो क्षेत्रको सुरक्षा सुदृढिकरण र समन्वय गर्ने र परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले बताएको छ।