काठमाडौं, लायन्स क्लब अफ काठमाडौं जागृति परिवारद्वारा बूढानीलकण्ठ गोल्फुटारस्थित दिव्य सेवा निकेतनमा आश्रय लिईरहेका महिला जेष्ठ नागरिकहरुलाई खाना र कपडा वितरण गरिएको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत रहेको महिला सदस्यहरुले मात्रै सञ्चालन गरेको लायन्स क्लब अफ काठमाडौं जागृतीकि अध्यक्ष सरस्वती त्रिपाठीको पहलमा एक कार्यक्रम आयोजना गरेर महिला जेष्ठ नागरिकहरुलाई खाना र कपडा प्रदान गरिएको हो।
नेपालीहरुको महान चाड बडादशैं नजिकिँदै गर्दा प्रायः मानिसले नयाँ लुगा लगाउने हुँदा त्यसरी दिव्य सेवा निकेतनको शरणमा जीवन गुजारिरहेका जेष्ठ आमाहरुलाई पनि नयाँ लुगा लगाउने अवसर प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्लबकि अध्यक्ष सरस्वती त्रिपाठीले बताउनु भयो।
कार्यक्रममा लायन्स क्लब जागृतिकि अध्यक्ष सरस्वती त्रिपाठी, सदस्यहरु ज्ञानु बुर्लाकोटी, अप्सरा फुयाल, बिजु रन्जित लगायत अन्य सदस्यहरुले संयुक्त रूपमा नै कपडा र बिस्कुटको प्याकेट वितरण गरेपश्चात खाना खुवाउनु भएको थियो।
उक्त अवसरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालका को-चिफ एड्भाइजर ताराप्रसाद त्रिपाठी, ब्राण्डिङ्ग विभाग प्रमुख सबिन पन्त 'पृथक' को अतिथिका रूपमा उपस्थिति रहेको थियो।