काठमाडौं, बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो।
यसअघि प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ। भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ रहेको तेजावी सुन आज १ लाख ११ हजार ८ सय ५० रुपैयाँ रहेको छ।
त्यस्तै, यसअघि प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ।