काठामाडौं, चीनले नेपाललाई ५० वटा विद्युतीय एम्बुलेन्स अनुदानका रुपमा दिने भएको छ।
एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी चीन सरकारले दिने विद्युतीय गाडी ल्याउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राखेको प्रस्तावमा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले चीनबाट ५० वटा विद्युतीय एम्बुलेन्स ल्याउन स्वीकृति दिएको हो। सोमवार भएको मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेको हुन्।
मन्त्री सुब्बाका अनुसार कान्ति बाल अस्तपालको भवन पुनर्निमाण गर्नका लागि प्रक्रिया अगाडि बढाउन पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
शहरी विकास मन्त्रालयले राखेको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भवन पुनर्निमाणका लागि खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको हो।