कपनमा चैत्र १ र २ गते ४ रुपैयाँमानै कपाल काटिँदै

सबिन पन्त 'पृथक' २९ फाल्गुन २०८०, मङ्गलबार ०६:५१ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा चैत्र १ र २ गते मात्र ४ रुपैयाँमा कपाल काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत छुटमा प्राप्त गर्नसकिने भएको छ।


आदर्शनगर कपनस्थित बि स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले यस्तो आश्चर्यजनक अफर ल्याएको हो। स्थापनाको अवसरमा उक्त दिन नि:शुल्क कपाल काटिदिएको सलुनले पहिलो वार्षिकोत्सवको अवसर १ रुपैयाँमा, दोस्रो वर्ष २ रुपैयाँ र तेस्रो वर्ष ३ रुपैयाँमा कपाल काटिदिएको थियो। 

अहिले चौथो वार्षिकोत्सवको अवसर पारी ४ रुपैयाँमा कपाल काटिदिने अफर ल्याएको सञ्चालक विक्रम गौतमले एचटिभी खबरलाई बताएकाछन्।


प्रत्येक महिना विभिन्न स्थानमा चोकमा उपस्थित भएर नि:शुल्क कपाल काट्ने योजना रहेको उनले बताए। कपाल काट्न आउने व्यक्तिलाई इच्छा भए नि: शुल्क तालीम प्रदान गर्नेपनि गौतमको चाहना रहेको छ। 
 
चैत १ गते सलुन स्थापनाको चौथो वार्षिकोत्सवको अवसरमा चर्चित कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रम गरि कपाल काट्न शुरु गरिने र २ गते भने बिहानैदेखि नै कपाल काटिने सञ्चालक गौतमले प्रष्ट पारे।


उक्त अवसरमा उपस्थित भइ हौसला बढाउन पनि सम्पूर्ण महानुभावहरुलाई उनले अनुरोध गरेकाछन्। उनलाई 984-5464116 9865049981 मा सम्पर्क गर्न सकिने गौतमले बताए।