इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनका उम्मेदवार निर्वाचित

HTV Khabar ३० भाद्र २०८१, आइतबार १२:४१ मा प्रकाशित

काठमाडौं, इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्। बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए।

२५ सदस्यीय एशोसिएसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेन बाहिरका विजयी भएका छन्। शुक्रवार मतदान भएर आइतबार सकिएको मत गणनामा डेमोक्रेटिक इन्जिनियर्स समूहले केन्द्रीय कार्य समितिमा बहुमत ल्याएकाे हो।