दुई लाख घुससहित भैरहवा मालपोतका नायब सुब्बा पक्राउ

HTV Khabar ४ वैशाख २०८३, शनिबार ०६:३२ मा प्रकाशित

काठमाडौं,  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घुस लिएको आरोपमा भैरहवाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवा मा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगर लाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्रोतका अनुसार, सर्जमिन मुचुल्का तयार पार्ने कार्यमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रकम माग गरिएको थियो। सोही क्रममा लिइएको दुई लाख रुपैयाँसहित उनलाई भैरहवा बजार क्षेत्रबाट रंगेहात नियन्त्रणमा लिइएको बताइएको छ।

अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।