जनतासंग माओवादी विशेष डेंगी नियन्त्रणमा सक्रियता

सबिन पन्त 'पृथक' ३० भाद्र २०८०, शनिबार १२:२१ मा प्रकाशित
काठमाडौं, जनतासंग माओवादी विशेष  रुपान्तरण अभियानअन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.१० र १२ स्थित चखुन्चा खोला आसपास क्षेत्रमा डेंगी रोग नियन्त्रणका गर्नका लागि  सचेतनामुलक अभियान साथै किटनाशक औषधि छर्कने कार्य पुरा भएको छ।

माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत डेंगी रोग नियन्त्रण तथा सचेतना  कार्यक्रम - २०८० अखिल क्रान्तिकारी  र  वाईसिएल नेपाल बुनपा नगर कमिटीद्वारा आयोजना गरिएको थियो। कार्यक्रममा माओवादी केन्द्रिय सदस्य सुशीला पौडेल, वाईसिएल केन्द्रिय सचीव अरुण क्षेत्री, सुबिन चालिसेलगायत स्थानीय नेताकार्यकर्ताको बाक्लो उपस्थिति थियो।