प्रधानमन्त्री ओली संसद् विघटन गर्ने गृहकार्यमा लागेको वर्षमानको आरोप

HTV Khabar ४ फाल्गुन २०८१, आइतबार ०७:४६ मा प्रकाशित

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्ने गृहकार्यमा लागेको आरोप लगाएका छन्।

माओवादी केन्द्र भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिवार उद्‍घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री ओलीले कुनैपनि बेला संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणाको गृहकार्यमा रहेको आरोप लगाए।

 पुनले ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको बताए। पुनले प्रमुख सत्तारुढ घटक कांग्रेस नेताहरूलाई ओलीको सम्भावित अलोकतान्त्रिक कदमप्रति सचेत गराए।