काठमाडौं, नेपाल प्रहरीका पाँच सय १३ जना सहायक निरीक्षक (असई) लाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालयको बुधवार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको बताइएको छ।