काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' को वर्ष २०२३/२४ का गभर्नर भिमलाल पौड्यालको आयोजनामा धन्यवाद ज्ञापन तथा सम्मान कार्यक्रम हुनलागेको छ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यतामा तथा यस वर्षका गभर्नर चण्डीप्रसाद अर्यालको सभापतित्वमा भोलि साउन २५ गते शुक्रवार गौशालास्थित पौवा होटेलमा दिउँसो २:३० बजे सम्मान कार्यक्रम आयोजना गरिएको निवर्तमान गभर्नर पौड्यालले एचटिभी खबरलाई बताए।
लायन वर्ष २०२३/२४ का गभर्नर पौड्यालले आफ्नो कार्यकालमा सर्वोत्कृष्ट कार्यगर्ने क्लबहरु र क्याबिनेट अफसरलाई धन्यवाद ज्ञापन गर्दै सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताए। 'सेवाद्वारा सन्तुष्टि' भन्ने आफ्नो मूल नाराअनुसार सेवाकार्यलाई प्राथमिकता दिएर आफ्नो कार्यकाल सफल बनाउन महत्त्वपूर्ण योगदान गर्ने क्लब र क्याबिनेट अफिसरहरु उक्त कार्यक्रममा सम्मानित हुने गभर्नर पौड्यालले प्रष्ट पारे।
गभर्नर पौड्यालको कार्यकाल २०२४/२५ मा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' विश्वमा नै पहिलो स्थान ओगट्न सफल भएको थियो।