सामान्य अंकले बढ्यो नेप्से परिसूचक

HTV Khabar २ फाल्गुन २०८०, बुधवार ०३:५५ मा प्रकाशित

काठमाडौं, नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ५.९१ अंकले बढेको सेयर बजार २०७६.५० विन्दुमा पुगेर बन्द भएको छ।


यसदिन ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँको कारोबार भएको छ।


यसदिन १३२ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेकाे छ।