नेपालमा दैनिक उडान तयारीमा श्रीलंकन एयरलाइन्स

HTV Khabar १७ भाद्र २०८१, सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं, नेपालमा नियमित उडान गरिरहेको श्रीलंकन एयरलाइन्सले दैनिक उडान तयारी थालेको छ।

आईतवार नेपाल उडानको तेस्रो वर्ष पूरा गरेको श्रीलंकनले निकट भविष्यमै दैनिक उडान तयारी गरिरहेको कम्पनीका लागि नेपालका कन्ट्री म्यानेजर निलिना पाथिरानाले जानकारी दिए। अहिले श्रीलंकाको राजधानी कोलम्बोलाई यो कम्पनीले साताको चार उडानमार्फत जोडिरहेको छ।

श्रीलंका घुमफिरमा जाने र नेपाल आउने पर्यटकसँगै अस्ट्रेलिया जाने नेपालीलाई ट्रान्जिट उडानमा सेवा दिइरहेको छ। आईतवार श्रीलंका जाने नेपाली क्रिकेट टिमलाई समेत कम्पनीले बिदाइ गरेको थियो।

आईतवारनै कम्पनी सञ्चालनमा आएको ४५ वर्ष पूरा भएको कन्ट्री म्यानेजर पाथिरानाले जानकारी दिए। कोभिड महामारीबीच नेपाल उडान थालेको कम्पनीले ‘आउट बाउन्ड’ पर्यटनमा जाने नेपालीलाई लक्षित गर्दै दैनिक उडान तयारी गरेको हो।