स्वास्थ्य बीमा रकम पाँच लाख पुर्‍याइनेछ : स्वास्थ्यमन्त्री पौडेल

HTV Khabar १४ माघ २०८१, सोमबार ०१:३० मा प्रकाशित

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याइने बताएका छन्। 

सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन्।

‘स्वास्थ्य बीमामा पाँच लाख रुपैयाँको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बीमा रकम पाँच लाख रुपैयाँ पुर्‍याउने र यसलाई व्यवस्थित गर्ने लक्ष्य लिएर आफू अगाडि बढिरहेको उनको भनाइ थियो।