काठमाडौं, जेन जी आन्दोलनकाक्रममा काठमाडौंको लैनचौरमा रहेको एनसेलको मुख्य कार्यालयमा तोडफोड, आगजनी र लुटपाटको घटनामा कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुगेको भन्दै उजुरी गरेको छ। सोमबार एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएको हो।
उजुरीमा यी घटनाहरूसँग संलग्न अपराधीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कानूनको दायरामा ल्याई हदैसम्मको सजायको भागिदार बनाई निजहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउनु पर्ने एनसेलले माग गरेको छ। आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाई भराई पाऊँ भन्दै एनसेलले उजुरी गरेको छ।