अब माओवादीको लडाइँ कर्मचारीतन्त्र र दलाल पुँजीवादविरुद्ध हो : प्रचण्ड

HTV Khabar १३ असार २०८२, शुक्रबार ०५:३९ मा प्रकाशित

काठमाडौं,  पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले अब ‘नयाँ युद्ध’ को थालनी गरेको घोषणा गरेका छन्।

विहिवार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले हतियारको लडाइँ सकिए पनि प्रणालीभित्र रहेका अदृश्य शत्रुहरूविरुद्धको संघर्ष अब सुरु भएको बताए। उनले कर्मचारीतन्त्र, दलाल पुँजीवाद र बिचौलियाहरूलाई मुख्य तारो बनाएका छन्।

प्रचण्डले युद्ध र क्रान्तिबाट राजनीतिक प्रणाली परिवर्तन गरे पनि राज्य संयन्त्र (कर्मचारीतन्त्र, न्यायालय) पुरानै अवस्थामा रहेकाले जनताको पक्षमा ल्याइएका ऐन कानुन समेत कार्यान्वयन हुन नसकेको बताए।