विदेश र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै लाइसेन्स

HTV Khabar १२ पौष २०८०, बिहीबार १२:१५ मा प्रकाशित
काठमाडौं, यातायात व्यवस्था विभागले विदेश जाने नागरिक र शान्तिसेना मिसनमा जानेलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) दिने भएको छ।


विशेष अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक तथा शान्तिसेना मिसनमा विदेश जाने नेपाली सेना र नेपाल प्रहरीलाई तीन दिनमै सवारीचालक अनुमतिपत्र दिने विभागले जनाएको छ।


विभागले बुधवार एक सूचना जारी गर्दै लाइसेन्स शीघ्र प्रिन्टका लागि पुस १५ गते आईतवारदेखि अनलाइन पोर्टलमार्फत आवेदन दिन आग्रह गरेको छ।


‘निवेदन स्वीकृत भएको मितिदेखि तीन कार्य दिनभित्र प्राविधिक समस्या आएन भने स्मार्ट कार्ड छपाइ गरी यस विभागको सहायता कक्षबाट वितरण हुनेछ,’ विभागले भनेको छ।