काठमाडौं, नेपाली सेनाका सहायक रथी हिक्मत बिष्टलाई उपरथीमा बढुवा गरिएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सेनाको सिफारिसमा बिष्टलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
उपरथी चोकबहादुर ढकाल अनिवार्य अवकासमा गएपछि रिक्त भएको पदमा बिष्टको बढुवा गरिएको हो। ढकाल नेपाली सेनाको स्टाफ कलेजका प्रमुख थिए।
विहीवार सार्वजनिक गरिएको निर्णय अनुसार सेनाका ६ जना प्रमुख सेनानीहरूलाई महासेनानीमा बढुवा गरिएको छ। साथै, ६ जना महासेनानीहरूको सरुवा गरिएको छ।